हामीसँग जोडिनुहोस

नेपाल सरकारले आज १० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने

1 मिनेट

१६ साउन, काठमाडौं ।

नेपाल सरकारले आज १० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ११ वर्षे विकास ऋणपत्र–२०९२ जारी गरेसँगै उक्त कदम चालेको हो ।

जसका लागि सो कार्यालयले २०८१ साउन १६ गते एक सूचना निकाल्दै बोलकबोल मार्फत् विकास ऋणपत्र–२०९२ बिक्री खुला गरिएको बताएको छ । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्ने सूचनामा उल्लेख छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋणपत्र धितोमा राखी कर्जा लिन÷दिन पाइने पनि बताएको छ । यो ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने बताइएको छ ।

सरकारले लिएको यो ऋणको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गर्नेछ । सो ऋण यही साउन १७ गते लिनेछ भने २०९२ साल साउन १७ गते सावाँसहित भुक्तानी गर्नेछ ।

सार्वजनिक ऋण व्यवस्थापनअनुसार सरकारले उठाउने ऋण दिन ईच्छुक आवेकले आज बिहान १० बजेदेखि ३ बजेसम्म आवेदन दिइसक्नुपर्ने छ । ऋण खरीद गर्न चाहनेले उक्त समयभित्र कार्यालयको डीओएमएस प्रणालीको यूआरएलबाट बोलकबोल पेश गर्नुपर्ने हुन्छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।