हामीसँग जोडिनुहोस

हनुमन्तेको र सहायक खोलाको बितण्डा, बस्तीमा बाढी पस्दा करोडौको क्षति

6 मिनेट

भक्तपुर, १६ साउन : मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, संगम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा रातीदेखि नै त्रासमा परे । बस्ती भित्र पानी पस्न थाले पछि कोही रातीनै भुईतलाको सामानहरु माथिल्लो तलामा सार्न थाले ।

कोही गाडी सुरक्षित गर्न हाइटतर्फ गाडी लान थाले । अण्डरग्राउण्डमा रहेका पसल तथा उाना उद्योगहरकमा सामानहरु हेर्दा हेर्दैं डुबायो, कतिपयले सामान सुरक्षित स्थानमा सार्न भ्भयाए, मध्यरातीदेखि पानी पसेकाले धेरैको सामानहरु क्षति भयो ।

यो क्षेत्रमा हनुमन्ते खोला पसेको होइन, कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपुर थिमि नगरपालिकाको चरम लापर्वाही र भ्रष्टाचारको पराकाष्ट देखिएको हो, बिहान डुबानमा परेको सामान सार्दै संगम कोलोनीका बासिन्दा आक्रोसित हुदैथिए ।

जमिन सहतबाट चार फिटसम्मको उचाईमा सडकहुदै घरघरमा पानी पसेपछि स्थानीय आक्रोसित बनेका हुन् । संगम कोलोनीमा रहेको आडाम्सका अध्यक्ष एकराज भण्डारीइले आयोजनाको लापर्वाहीले जनताले दुःख पाएको बताउदै तीन वर्षमा सक्ने भनिएको आयोजना २१ वर्षमा पनि नसक्दा जनताले डुबान खेप्नु परेको उहाँले बताउनुभयो ।

कमेरोटार संयोजन समाजका अध्यक्ष इन्द्र श्रेष्ठले आयोजनाले पालर्पाही गरेर सानो ढल हाल्दा ढलबाट पानी छेडेर बस्तीमा पसेको बताउनुभयो । त्यसमाथि पनि मध्यपुरथिमि नगरपालिकाले बाहखा बजार सिन्टिटार र बोडेको हजारौ घरका बस्तीको ढल ल्याएर आयोजनाकै सानो ढलमा मिसाईदिए पछि हरेक वर्ष ढल बस्ती छिर्न थामलेको बताउनुभयो ।

नगरपालिका र आयोजनालाई पटक पटक डेलिगेसन गएर ढल नमिसाईदिन, आयोजनाको ढल ठूलो हाल्न र आयोजना छिटो सक्छ आग्रह गर्दा अटेर गरेको बताउनुहुन्छ ।

तीन वर्षमा सक्ने भनिएको कमेरोटार जग्गा एकीकरण आयोजना २१ वर्षसम्म पनि नसकेको, एक अर्ब भन्दा बढीको जनताको जग्गा बिक्री गरेर आयोजनादेखि उपभोक्ता समितिका पदाधिकारीले समेत कमिसन खाएको, ढल सानो हालेर आयोजनाले बेईमानी गरेको, भ्रष्टाचार गर्नकै लागि आयोजना सम्पन्न नगरी लम्याउने गरेको, सडक, खानेपानी र ढलको उचित व्यबस्थापन नगर्दा स्थानीयले समस्या भोग्नु परेको उहाँको बासिन्दाले गुनासो गरेका छन् । आयोजना क्षेत्र भित्रका बासिन्दाको मात्रै आज ढलको पानी पस्दा लाखौको क्षति भएको छ ।

त्यस्तै रातीको भिषण वर्षाका कारण हनुमन्ते खोला र आसपासका सहायक खोला बस्तीमा पस्नाले अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखानालगायतको क्षेत्रमा करोडौकोक्षसित भएको छ ।

सूर्यविनायक नगरपालिका क्षेत्रको बालकोटदेखि सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेको छ । हनुमन्ते खोलाको बाढी बालकोट पुलहुदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अबरुद्ध भएको छ । सडकबाट बाढी जान थालेपछि सडक अबरुद्ध भएको छ भभने यहाँका विद्यालयहरु बन्द भएका छन् । बालकोटको माइक्रोबस पार्क क्षेत्रका बस्ती डुबनमा परेको छ ।

बालकोट क्षेत्रमा राती १ बजेदेखि स्थानीइको उद्धारमा खटिएको र ५० भन्दा बढी मानिस र चौपायाको उद्धार गरेको आरएनए ग्रुपका संयोजक अरुण सैजुले जानकारी दिनुभयो । उहाँले रातीदेखिनै भक्तपुर अस्तव्यस्त बनेको बताउनुभयो ।

त्यस्तै हनुमन्ते खोलाको सहायक गोदाबरी खोलामा आएको बाढी बस्तीमा पस्दा बालकोट वडा नं. २ र ललितपुरको महालक्ष्मी नगरपालिका जोड्ने क्षेत्रका बस्ती डुबानमा परेको छ । बस्ती डुबानमा पर्दा १०० भन्दा बढी घर डुबानमा परेको छ । बस्तीमा पानी पसेपछि सयौं घर डुबानमा परेको स्थानीइ डोमबहादुर कटुवालले जानकारी दिनुभयो ।

त्यस्तै सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलको करिब ६० घर डुबानमा परेको छ । आज राती परेको भिषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको करोडौको क्षति भएको छ ।

बस्तीमा घरभित्र १० फिट माथिसम्म पानी पसदा एक तला घरको मानिसको उद्धार गर्नु पर्ने अबस्था आएको र मध्यरातीदेखि बस्ती छाडेर भाग्नु पर्ने अबस्था आएको स्थानीइ अनिता पाण्डेले बताउनुभयो ।

स्थानीयको भुई तलाका सम्पूर्ण सामानहरु नष्ट भएका छन् भने गाडी र मोटरसाईकलहरु पूर्ण रुपमा डुबेका छन् । कयौको स्कुटर र मोटरसाईकल बाढीले बगाएको जानकारी दिदै उहाँले अधिकांशको घरको पर्खालहरु भत्किएको छ । रातभरी त्रासमा पस्नु परेको उहाँले बताउनुभयो । बाढीले करोडौको क्षति भएको उहाँले बताउनुभयो । मध्यरातीदेखि बस्तीमका पानी पसेपछि अधिकांश घरको भुईतला भित्र पसेको पानी चार फिटमाथिसम्म पुगेपछि मध्यराती धेरैको बिचल्ली भएको थियो ।

यता भक्तपुर नगरपालिका क्षेृत्रको हनुमानघाट, क्षेत्रका बस्ती र विद्यालयहरु डुबानमा परेका छन् । हनुमान घाटको बालसेवक आधारभूत विद्यालय र यहाँका ५० भन्दा बढी घर , उद्योग डुबानमा परेको छ । जगातीकै सिद्धिस्मृति अस्पताल र बृद्धाश्रम पूर्ण रुपमा डुबानमा पर्दा अस्पतालको सेवा, विरामीलाई प्रभावित भएको छ । मेशिनहरु डुबानमा परेको र बृद्धाश्रम डुबनानले जेष्ठ नागरिकलाई समस्या परेको सिद्धिस्मृति फाउण्डेसनका अध्यक्ष्इा श्याम धौभडेलले बताउनुभयो ।

सूर्यविनायक क्षेत्रको शान्ति निकेतन माध्यमिक विद्यालय डुानमा पर्दा पठनपाठन बन्द भएको छ । विद्यालयको पहिलो तल्ला पूर्ण रुपमा डुबेको छभने राम मन्दिर डुबानमा परेको छ । यस क्षेत्रको सल्लाघारी र राधेराधे क्षेत्रसम्म डुबानमा परेको छ ।

राधेराधेमा हनुमन्ते खोलाको डिल भत्किएर बस्तीमा पानी पसेपछि राधेराधेको तल्लो क्षेत्रका सयौ घर डुबेको छ । पसल, उद्योग, कारखाना र व्यक्तिको घर डुबानमा पर्दा लाखौको क्षति भएको छ । हनुमन्ते करिडोरको भत्काएर पानी बस्तीमा पसेको थियो । निकोसेरा क्षेत्रबाट आएको पानी समेत राधेरोध क्षेत्रको बस्तीमा पसेको थियो । मध्यरातीदेखिनै यो क्षेत्र अस्तव्यबस्त बनेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।