हामीसँग जोडिनुहोस

राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार शंकरदास वैरागीद्धारा राजीनामा

1 मिनेट

१६ साउन, काठमाडौं ।

राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन् ।

वैरागीले ९ साउनमै राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।पूर्वमुख्यसचिव वैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए । वैरागीले मुख्यसचिवको कार्यकाल केही महिना बाँकी छँदा बैकुठ अर्याललाई मुख्यसचिव बनाउने बाटो खोल्दै राजीनामा दिएका थिए ।

मुख्य सचिवमा अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकारमा वैरागीको नियुक्त एकै दिन भएको थियो । पछिल्लो पटक भ्रष्टाचारको मुद्दा दायर भएपछि मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा सल्लाहकार पद पनि कायम राखिराख्न चाहेनन् । स्रोतका अनुसार वैरागीलाई भारतका लागि नेपालको राजदूत बनाउने आश्वासन कांग्रेस सभापति शेरबहादुर देउवाले दिएका थिए ।

त्यसअनुसार वैरागीले ९ साउनमा राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट राजीनामा दिए । तर उनलाई भारतका लागि राजदूत बनाउन प्रधानमन्त्री ओली तयार भएनन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ राजदूत सिफारिस गर्दा भारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।