हामीसँग जोडिनुहोस

नेपालले आज काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलङ्कासँग खेल्दै

1 मिनेट

काठमाडौं :१७ साउन ।

नेपालले आज काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि जित्ने लक्ष्यसहित उद्घाटन खेलमा श्रीलङ्कासँग खेल्दैछ।

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ।  नेपाल, श्रीलङ्कासहित इरान, भारत र माल्दिभ्सको सहभागिता रहेको छ।

सेन्ट्रल एसियाका राष्ट्रको सहभागिता रहने यस प्रतियोगितामा भारत उपाधि रक्षा अभियानमा रहने छ। सन् २०१९ र २०२१ मा बङ्गलादेशमा आयोजना भएको काभा वुमन्स नेसन्स लिगमा नेपाल च्याम्पियन भएको थियो।

नेपाली महिला भलिबल टोली कप्तान अरुणा शाहीले यसपालि तयारी राम्रो भएकाले उपाधि जित्ने लक्ष्यसहित खेल्ने बताइन्। एनले रुससँगको दुई मैत्री शृङ्खलाले आफूभन्दा अग्ला र ‘पावर गेम’ खेल्ने टिमसँग कसरी खेल्नु पर्छ भन्ने अनुभव हासिल भएको उनको भनाइ छ।

श्रीलङ्काकी कप्तान दिनेसा प्रसादिनीले नेपालविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने उनको भनाइ छ।  ‘नेपालमा भलिबल हुँदा रङ्गशालामा दर्शक भरिभराउ हुन्छ भन्ने हामीलाई थाहा छ। त्यसैले हामीले खेल्न अलि गाह्रो हुन सक्छ। यद्यपि हामी खेलका लागि सकारात्मक छौँ।’

नेपालले घरेलु समर्थक र कोर्टको फाइनलमा खेल्ने भएकाले नेपाललाई भारत र इरानसँगै उपाधि दाबेदार मानिएको छ। नेपालले भारत र इरानलाई अहिलेसम्म हराउन सकेको छैन।

आजै हुने दोस्रो खेलमा भारत र इरान खेल्नेछन्। सो खेल आज साँझ पौने ६ बजे सुरु हुनेछ। साउन २३ गतेसम्म हुने प्रतियोगिता दशरथ रङ्गशालास्थित कभर्ड हलमा खेलिने छ। नेपालले साउन १९ गते भारत, साउन २० गते इरान र साउन २१ गते माल्दिभ्सको सामना गर्ने छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।