हामीसँग जोडिनुहोस

काभा महिला भलिबलमा आज दुई वटा खेल हुँदै

1 मिनेट

साउन १८, काठमाण्डौ।

काभा महिला भलिबल लिगमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा इरान र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा माल्दिभ्सले भारतसँग खेल्ने तालिका छ । अब नेपालले दोस्रो खेल भारतसँग भोलि शनिवार खेल्नेछ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा हिजो शुरु भएको प्रतियोगितामा उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो । जीतसँगै नेपालले तीन अङ्क जोडेको छ ।

यस्तै हिजैको अर्को खेलमा भारतले इरानलाई ३–१ ले हराएको थियो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागीता रहेको छ ।

नेपालले तेस्रो खेलमा २० गते आइतवार माल्दिभ्ससँग र चौथो खेलमा २१ गते सोमवार इरानसँग खेल्ने तालिका छ । लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते बुधवार हुनेछ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।