हामीसँग जोडिनुहोस

नेकपा एसको केन्द्रीय कमिटी बैठक आज बस्दै

1 मिनेट

१८ श्रावण,काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले गरेको कार्यसम्पादनको समीक्षाबारे आजको बैठकमा छलफल हुने बताइएको छ ।

केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयका अनुसार विधानअनुसार बनाइएको ‘क्लष्टर’ का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने छ । बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।