
काठमाडौं,१८ साउन।

सरकारले आगामी आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्याएसँगै आइतबार भोटो जात्रा हुन लागेको हो।वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बिहीबार जावलाखेल पुर्याइएको हो । रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएको चार दिनमा भोटो देखाइन्छ।
हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन रही आएको छ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






