हामीसँग जोडिनुहोस

काभा महिला भलिबल लिगमा भारतविरुद्ध नेपालको ऐतिहासिक जित

1 मिनेट

साउन १९, काठमाण्डौ।

महिला भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई हराएको छ । काठमाण्डौमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो । आजको जीतसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।

पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो । दोस्रो सेटमा भारतले २५–१२ ले पुनरागमन गर्‍यो । तेस्रो सेट नेपालले २५–१७ ले जित्यो । चौथो सेट भारतले २५–१८ ले जितेर खेल २–२ को बराबरीमा ल्यायो । पाँचौ सेट १५–१३ ले जितेर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।

नेपाली खेलाडीलाई हौसला दिन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायतका विशिष्ट व्यक्ति रङ्गशालामा पुग्नुभएको थियो । आजको जीतसँगै नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा पुगेको छ । तीन खेल खेलेको भारत सात अङ्कसहित शीर्ष स्थानमा छ ।

पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । भारतले यसअघि इरान र भाल्दिभ्सलाई हराएको थियो । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।