
काठमाडौं,२० साउन ।

बेलायतमा आप्रवासी आन्दोलनले हिंसात्मक रूप लिएपछि बेलायतमा ९० जनाभन्दा बढी पक्राउ परेका छन् ।
आन्दोलनकारीले लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपुल र बेलफास्टका पसलहरु लुटेका छन् ।प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी अधिकारीहरूमाथि समेत आक्रमण गरेका छन् । प्रधानमन्त्री केयर स्टारमरले घृणा फैलाउन खोज्नेमाथि कारबाही गरिने बताएका छन् ।साउथपोर्ट, मर्सिसाइडमा भएको थिम पार्टीमा तीन बालिकाको हत्या भएपछि बेलायतमा तनाव बढेको हो ।लिभरपुलमा प्रहरीमाथि आन्दोलनकारीले इँटा, बोतल हानेर आक्रमण गरेका छन् । प्रहरीले २३ जनालाई पक्राउ गरेको जनाएको छ ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





