हामीसँग जोडिनुहोस

गडेधारा टोल भीषण बर्षाका कारण डुबानमा

2 मिनेट

भक्तपुर, १६ साउन।

सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको हो।

भीषण वर्षाका कारण बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतल्लाभित्र पसेको पानी चार फिटसम्म पुगेपछि धेरैको बिचल्ली भएको थियो। घरको भुइँतल्लाका भान्सादेखि शयन कक्षसमेतमा पानी पसेपछि लत्ताकपडा, खाद्यान्न, ओछ्यान र इलेक्ट्रिक सामानमा क्षति पुगेको थियो भने टोलमा रहेको नौवटा गाडी र २० भन्दा बढी मोटरसाइलसमेत पूरै डुबेर क्षति पुगेको कटुञ्जे गडेधारा टोलमा अवस्थित लालीगुराँस महिला समूहकी अध्यक्ष एवं स्थानीय समाजसेवी अनिता पाण्डेले बताउनुभयो।

उहाँले खोलाको बाढी बस्तीमा पस्दा करिब ३० घरका सामान, गाडी, मोटरसाइकलसहित लाखौँको क्षति पुग्नुको साथै मध्यराति कोठामा पानी परेर झ्यालको उचाइसम्म पुगेपछि कतिपय घरका महिला दिदिबहिनीहरु सानो बच्चा च्यापेर कौशीमा गएर बस्न बाध्य भएको पनि बताउनुभयो। उहाँले यस क्षेत्रमा बस्ती बढेको र खोला साँघुरिएपछि हरेक वर्ष पानी बस्तीमा पस्ने गरे पनि यस वर्ष धेरै पानी पसेर पहिलोपटक धेरै क्षति भएको र कतिपयलाई खाने र राति सुत्ने सामानको समेत अभाव भएको जानकारी दिनुभयो।

गडेधारा टोल डुबानमा परेका कारण बिहानीको उज्यालोको किरणसँगै नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत स्थानीयबासीको पिडादायक अवस्थालाई बुझ्न टोलमा आउनुभएको थियो र साथै उहाँले स्थानीयबासीहरुलाई आफु जनताको दुःख सुखमा जहिले पनि अग्रभागमा हुन्छु । तपाईहरुको पिडा नै मेरो पिडा हो । तपाईहरुको माग अनुसारको बजेट व्यवस्थापनमा लाग्नेछु । आगामी दिनमा यस्तो प्रकारको दुःख व्यहोर्नु नपरोस् भन्ने कुरामा म सचेत छु र चाँडै नै बजेट विनियोजन गरेर यहाँ करिडोरको व्यवस्थापनमा लाग्ने पनि प्रतिबद्धता जनाउनुभएको थियो ।

त्यस्तै नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजा र सूर्यविनायक नगरपालिका वडा नं.७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले गडेधारा टोलको डुबानमा परेका घरहरुको निरेक्षण गर्दै अध्यक्ष देउजाले जनताको समस्या हाम्रो समस्या हो जनताको सेवा कै निमित्त यो पार्टी लागी परेको हुनाले प्राकृतिक प्रकोपका कारण उहाँहरुलाई हुनु गएको दुःखमा हाम्रो पार्टीले गर्नुपर्ने साथ सहयोग सदैव रहने बताउँदै भक्तपुरको विभिन्न क्षेत्रमा डुबानमा परेर घाइते हुनुभएको स्थानीयबासीहरुलाई नागरिक हेल्थ ट्रष्ट फण्डको सहयोगमा विभिन्न औषधी उपलब्ध गराइएको पनि जानकारी दिनुभयो ।

मध्यरातमा डुबान परेपछि राष्ट्रिय युवा संघ नेपाल भक्तपुरका जिल्ला अध्यक्ष रविन थापाको नेतृत्वमा संगठनका ४० जना युवाहरु परिचालन गरि साथै टोलको दाजुभाइ दिदीबहिनीहरु, नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु , नेकपा एमाले वडा न. ५ कमिटी अध्यक्ष कमरेड मधु थापाको नेतृत्वको टिम र जनप्रतिनिधिहरुको समूहले उद्दार कार्य लगायत बाढीले ल्याएका लेदो फोहोरहरु सरसफाई कार्यमा एकैछिन पनि आराम नगरी बिहान ७ बजे देखि बेलुका ६ बजे सम्म खटी सहयोग गर्नु भएको थियो र नगरपालिका एवं वडा नं. ५ को नेतृत्वमा स्थानीयबासी बाढी पीडितलाई खाना एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरसँग समन्वय गरेर लत्ताकपडा, डस्नाहरुसमेत उपलब्ध गराइएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।