हामीसँग जोडिनुहोस

सर्वोच्च अदालतमा पाँच वर्षयताकै धेरै मुद्दा फर्छ्योट

1 मिनेट

काठमाडौं,२१ साउन।

सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०र८१ मा १५ हजार ४८४ अर्थात् ३९।८४ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ। पाँच वर्षयता यो सङ्ख्या सबैभन्दा धेरै हो।

अघिल्लो आवमा सर्वोच्चमा ४० हजार नौ सय ९२ मुद्दा भएकामा २५ हजार ४२५ मुद्दा फर्छ्योट गर्न बाँकी छ। आव २०७९र८० मा ३०।१७ प्रतिशत, आव २०७८र७९ मा १९।१ प्रतिशत, आव २०७७र७८ मा १५।८२ प्रतिशत र आव २०७६र ७७ मा ३०।५१ प्रतिशत मुद्दा फर्छ्योट भएको थियो।

सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले सर्वोच्च अदालतमा मुद्दाको फर्छ्योट सुधारोन्मुख रहको र सबै मुद्दालाई उत्तिकै प्राथमिकता दिएर छिटो सुनुवाइ गर्ने योजनाका साथ काम गरिरहेको बताए। ‘छिटो मुद्दा फर्छ्योट गर्ने न्यायालयको योजना नै रहको छ, तर अदालती प्रक्रिया पुर्‍याउनुपर्ने हुन्छ’, उनले भने, ‘प्रक्रिया पुर्याउँदा कतिपय मुद्दा समयमा फर्छ्योट भएको अवस्था पनि छ, न्यायाधीशको सङ्ख्या घट्दै जाँदा पनि असर पर्ने गरेको छ।’

आव २०८०र८१ मा दुई वर्ष नाघेका मुद्दा पनि सर्वोच्चले सबैभन्दा धेरै फर्छ्योट गरेको छ। विगत पाँच वर्षको तुलना गर्दा गत आवमा दुई वर्ष नाघेका सबैभन्दा बढी मुद्दा आठ हजार १२२ ९४।३२० प्रतिशत मुद्दा फर्छ्योट गरेको छ। दुई वर्ष नाघेका मुद्दा २० हजार १४२ रहेकामा १२ हजार २० मुद्दा फर्छ्योट गर्न बाँकी छ।

आव २०७९÷८० मा ६ हजार ८९३ ९३१।२८ प्रतिशत०, २०७८र७९ मा चार हजार ८५५ ९२२।५६ प्रतिशत०, २०७७र७८ मा दुई हजार ३२६ ९११।३९ प्रतिशत० र २०७६र७७ मा एक हजार ३९९ ९९।३८ प्रतिशत० मुद्दा फर्छ्योट गरेको थियो।सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दा जम्मा तीन हजार २४२ बाँकी छ। आव २०८०र८१ मा चार हजार पाँच सय ६५ ९५८।४७०छ। थुनुवा मुद्दामा एक हजार ७४८ बाँकीछ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।