हामीसँग जोडिनुहोस

संघीय संसद्का चार संसदीय समितिका बैठक बस्दै

1 मिनेट

काठमाडौं,२२ साउन ।

संघीय संसद्का चार संसदीय समितिका बैठक मंगलबार बस्दैछन्।

संसद् सचिवालयका अनुसार कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल प्रारम्भ गरिने छ। यस्तै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने कार्यसूची छ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे बनेछ। बैठकमा उपभोक्ता तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्धन लगायत विषयमा मन्त्रालयबाट भए गरेका कामकारबाही, समस्या र भावी कार्ययोजना सम्बन्धमा छलफल हुने कार्यसूची छ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने संघीय संसद सचिवालयले जनाएको छ।

यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।