हामीसँग जोडिनुहोस

सरकारले चाडपर्व लक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने

1 मिनेट

२० भदौ, काठमाडौं ।

सरकारले चाडपर्व लक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ ।

७ असोजदेखि छुट सहित सहुलियत पसल सञ्चालन गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए ।सरकारले बजेटमा सहुलियत पसलका लागि ३ करोड बजेट विनियोजन गरेको छ ।चाडपर्वमा बजार मूल्यलाई नियन्त्रण गर्न र सन्दर्भ मूल्य निर्धारण गर्न भन्दै सकराले सहुलयितपूर्ण पसल सञ्चालन गर्दै आएको छ ।

चाडपर्वको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान मार्फत सहुलयित पसल सञ्चालन हुँदै आएको छ ।

कम्पनीका अनुसार सहुलियत पसल सञ्चालनमा आएपछि सबैथरी चामलको मूल्य प्रतिकेजी ५ रुपैयाँ छुट हुनेछ ।

‘कर्णालीको रैथाने बालीहरूमा प्रतिकेजी ७ रुपैयाँ, तेलमा प्रतिलिटर ७ रुपैयाँ र घिउ पनि प्रतिकेजी ७ रुपैयाँ छुटमा बिक्री हुने कम्पनीले जनाएको छ ।

खसी, बोका र च्याङ्ग्राको बिक्री मूल्य भने खरिदपछि मात्रै निर्धारण हुने कम्पनीले जनाएको छ । प्रतिकेजी १० रुपैयाँ छुट सहित खसी, बोका र च्याङ्ग्रा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

गत वर्ष बिक्री हुन गाह्रो परेकोले यस वर्ष केही घटाएर ल्याउन लागिएको उनले बताइन् ।कम्पनीले गत वर्ष च्याङ्ग्रा ५०० र खसी बोका १ हजार ६०० भन्दा धेरै ल्याएको थियो । च्याङ्ग्रा मुस्ताङबाट र खासी बोका, हेटौंडा र दाङबाट ल्याउने तयारी भएको उनले बतायन् । यस्तै चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिने भएको छ ।

देशभरिका ४२ जिल्लाका विभिन्न ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुन कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार यस्तो सहुलियत पसल फागुपूर्णिमासम्म सञ्चालन हुने छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।