हामीसँग जोडिनुहोस

भाषा आयोगले आज स्थापना दिवस मनाउँदै

1 मिनेट

काठमाडौं,२३ भदौ।

भाषा आयोगले आज स्थापना दिवस मनाउँदैछ।

स्थापना दिवसको अवसरमा मातृभाषामा प्रकाशित पत्रपत्रिकालाई सम्मान र अन्तरकृया कार्यक्रम राखिएको छ। लिम्बु, तामाङ, नेपाल भाषा, डोट्यालीलगायत ११ भाषामा प्रकाशित पत्रपत्रिकालाई मातृभाषा संरक्षणमा खेलेको भुमिकाको कदर गदै सम्मान गर्न लागेको कामु सचिव डाक्टर लोकबहादुर लोप्चनले जानकारी दिए।

यस्तै ‘नेपालको प्रदेशगत भाषिक अवस्थाको समिक्षा’ विषायक अन्तरकृया कार्यक्रम बिहान ९ बजेपछि हुने लोप्चनले बताए। नेपालभित्रका भाषाहरूको अध्ययन, अनुसन्धान र अनुगमन गरी यसको संवर्धन, विकास गर्न र सरकारी कामकाजको भाषाको रूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधार तयार गरी सिफारिस गर्न नेपालको संविधानको धारा २८७ अनुसार २०७३ भदौ २३ गते आयोग गठन भएको हो।

आयोगले सातै प्रदेशमा गरी १२ वटा भाषालाई सरकारी कामकाजको भाषाको रुपमा सिफारिस गरेको छ। जसमध्ये बागमति प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको रुपमा लागू भइ कार्यन्वयनको चरणमा पुगेको छ। अन्य प्रदेशमा भने यो कामले गति लिन सकेको छैन्।

कोशी र मधेस प्रदेशमा भाषा विधेयक बनेको र गण्डकीमा बन्ने क्रममा रहेको कामु सचिव लोप्चनले जानकारी दिए।

यस्तै आयोगले भाषासम्बन्धी भए गरेका कामको अभिलेखन गर्ने, लोकवार्ता संकलन गर्ने, भाषाहरूको यान्त्रिकीकरण गर्ने र भाषिक अनुवाद पद्धति विकास गर्ने काम भाषा आयोगले गर्दै आएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।