हामीसँग जोडिनुहोस

प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

1 मिनेट

काठमाडौं,

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण गराए। राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्। सिग्देललाई राष्ट्रपति पौडेलले यही भदौ १२ गते ४५औँ प्रधानसेनापतिमा आजबाट लागू हुने गरी नियुक्त गरेका थिए।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मावविर राई, नेपाल सरकारका उच्च पदस्थ अधिकारहरू, सुरक्षा अंगका प्रमुख लगायतको उपस्थिति थियो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।