हामीसँग जोडिनुहोस

यस वर्षको दशैँको लागि १५ सय खसीबोका काठमाडौं उपत्यकामा ल्याउने

1 मिनेट

काठमाडौं,२४ भदौ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँको लागि १५ सय खसीबोका काठमाडौं उपत्यकामा ल्याउने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसका लागि आन्तरिक तयारी गरिसकेको जनाएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँ तिहारका लागि हरेक वर्षको दशैँमा खाद्य सामग्री तथा खसीबोका सहुलियतमा बेच्दै आइरहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस वर्षको दशैँका लागि उपत्यकामा खसीबोका ल्याउन तयारी भइसकेको छ।

कम्पनीले हेटौँडा,धादिङ,दाङलगायत जिल्लाबाट खसीबोका ल्याउनेछ। कम्पनीले गत दशैँमा करिब दुई हजार खसीबोका ल्याएको थियो तर अपेक्षित बिक्री हुन सकेन। त्यसपछि यस वर्ष कम्पनीले १५ सय मात्रै खसीबोका ल्याउन लागेको हो।

३ सय च्याङ्ग्रा ल्याइने

कम्पनीले यस वर्ष ३ सयवटा मात्रै च्याङ्ग्रा ल्याउने भएको छ। गत दशैँमा खाद्यले ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो। तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय थापाथलीमा राखिएको च्याङ्ग्रा छठसम्म ४७ वटा बिकेनन्। त्यहीँ राखेर दानापानी दिइँदै आएकोमा २०८० पुस १९ गते २० वटा च्याङ्ग्रा मरेको अवस्थामा भेटिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।