काठमाडौँ,२६ भदौ ।
यू १९ आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको खेल तालिका सार्वजनिक भएको छ।
सार्वजनिक भएको खेल तालिकाअनुसार नेपालले पहिलो खेलमा थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
एशिया छनोटमा नेपालसहित यूएई, थाईल्याण्ड र कुवेतले सहभागिता जनाउनेछन्।
डबल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको विजेता टोलीले सन् २०२५ मा मलेशियामा हुने आईसीसी यू(१९ महिला टी(२० विश्वकपमा खेल्ने अवसर पाउनेछ।नेपालले पहिलो खेल नोभेम्बर ६ मा थाईल्याण्डसँग खेलेपछि त्यसको भोलिपल्टै नोभेम्बर ७ मा कुबेतसँग खेल्नेछ।
नोभेम्बर ९ तारिखमा घरेलु टोली यूएईसँग खेलेपछि दोस्रो चरणमा नेपालले नोभेम्बर १० मा थाईल्याण्ड, नोभेम्बर १२ मा कुवेतसँग र नोभेम्बर १३ मा यूएईसँग खेल्ने तालिका छ।
यसअघि सन् २०२२ मा पहिलोपटक भएको छनोटमा नेपाल यूएईसँग पराजित हुँदै बाहिरिएको थियो। आगामी नोभेम्बरमा हुने एशिया छनोट यूएईमा खेलाइनेछ।