हामीसँग जोडिनुहोस

चार प्रस्तावित राजदूतको सुनुवाइ हुदै

1 मिनेट

काठमाडौं,२७ भदौ।

संसदीय सुनुवाइ समितिले आज सुनुवाइका लागि चार जना प्रस्तावित राजदूतलाई बोलाएको छ।

बिहान ११ बजे बस्ने बैठकमा स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराई, बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको सुनुवाइ गर्न लागेको हो।

चारै जनाको सुनुवाइ सकेर आजै प्रस्तावित १७ जना राजदूतको बारेमा निर्णय लिइने समिति सभापति ईश्वरीदेवि न्यौपानेले जानकारी दिइन्।

पटक पटक गरेर समितिले १७ मध्ये १३ राजदूतको सुनुवाइ सकेको छ। गत भदौं १९ गते रुस, दक्षिण कोरिया, साउदी अरब र दक्षिण अफ्रिकाका प्रस्तावित राजदूतको सुनुवाइ गरेको थियो।

यस्तै समितिले आजै अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवका बारेमा १० दिने म्याद राखेर उजुरी आह्वान गर्ने जनाएको छ। गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ देशमा राजदूत सिफारिस गरेको थियो। तर, कांग्रेसको कोटाबाट सिफारिसमा परेकी प्रस्तावित राजदूत कान्ता रिजालको नाम हटाएर सुनुवाइ समितिमा सुनुवाइका लागि सरकारले नाम पठाएको थियो।

त्यसपछि सरकारले गत सोमबार अष्ट्रेलियाका लागि राजदूतमा पूर्वउपसभामुख एवं कांग्रेसकी पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलाई सिफारिस गरेको थियो।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।