
काठमाडौं,२७ भदौ।

संसदीय सुनुवाइ समितिले आज सुनुवाइका लागि चार जना प्रस्तावित राजदूतलाई बोलाएको छ।
बिहान ११ बजे बस्ने बैठकमा स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराई, बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको सुनुवाइ गर्न लागेको हो।
चारै जनाको सुनुवाइ सकेर आजै प्रस्तावित १७ जना राजदूतको बारेमा निर्णय लिइने समिति सभापति ईश्वरीदेवि न्यौपानेले जानकारी दिइन्।
पटक पटक गरेर समितिले १७ मध्ये १३ राजदूतको सुनुवाइ सकेको छ। गत भदौं १९ गते रुस, दक्षिण कोरिया, साउदी अरब र दक्षिण अफ्रिकाका प्रस्तावित राजदूतको सुनुवाइ गरेको थियो।
यस्तै समितिले आजै अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवका बारेमा १० दिने म्याद राखेर उजुरी आह्वान गर्ने जनाएको छ। गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ देशमा राजदूत सिफारिस गरेको थियो। तर, कांग्रेसको कोटाबाट सिफारिसमा परेकी प्रस्तावित राजदूत कान्ता रिजालको नाम हटाएर सुनुवाइ समितिमा सुनुवाइका लागि सरकारले नाम पठाएको थियो।
त्यसपछि सरकारले गत सोमबार अष्ट्रेलियाका लागि राजदूतमा पूर्वउपसभामुख एवं कांग्रेसकी पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलाई सिफारिस गरेको थियो।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






