हामीसँग जोडिनुहोस

१७ देशका लागि प्रस्तावित राजदूतको अनुमोदन बारेको निर्णय आइतबार हुने

1 मिनेट

 २७ भदौ,काठमाडौँ ।

१७ देशका लागि प्रस्तावित राजदूतहरूको अनुमोदनबारेको निर्णय आइतबार हुने भएको छ । सबै प्रस्तावित राजदूतहरूको कार्यसोजना सुनिसकेपछि संसदीय सुनुवाइ समितिले सरकारबाट भएको सिफारिसअनुसार नाम अनुमोदन गर्ने–नगर्नेबारे निर्णय गर्न लागेको हो ।बिहीबार बसेको समितिको बैठकमा अमेरिकासहित ४ देशमा प्रस्तावित राजदूतहरूले आफ्नो कार्ययोजना पेस गरेका थिए । १३ देशका लागि प्रस्तावित राजदूतहरूले भने यसअघि नै आफ्नो कार्ययोजना पेस गरिसकेका थिए ।

सबै १७ जना प्रस्तावित राजदूतहरूको कार्ययोजना पेस भएको र अब आइतबार बस्ने बैठकले अनुमोदनबारे निर्णय लिने समितिले जनाएको छ ।सरकारले गत साउन १४ गते डा। शंकर शर्मा ९भारत०, प्राडा कृष्णप्रसाद ओली ९चीन०, लोकदर्शन रेग्मी ९संयुक्त राज्य अमेरिका०, चन्द्रकुमार घिमिरे ९संयुक्त अधिराज्य०, डा। शिवमाया तुम्बाहाङ्फे ९दक्षिण कोरिया०, प्रा। धनप्रसाद पण्डित ९इजरायल०, रामकृष्ण भट्टराई ९श्रीलंका० र रीता धिताललाई ९पाकिस्तान०का निम्ति आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यसैगरी सरकारले नरेशविक्रम ढकाल ९साउदी अरेबिया०, प्राडा कपिलमान श्रेष्ठ ९दक्षिण अफ्रिका०, सनिल नेपाल ९स्पेन०, डा। शैल रुपाखेती ९जर्मनी०, जंगबहादुर चौहान ९रुसी महासंघ०, रमेशचन्द्र पौडेल ९कतार०, सुम्निमा तुलाधर ९डेनमार्क०, डा। नेत्रप्रसाद तिमिल्सिना ९मलेसिया० र प्रकाशमणि पोखरेल ९पोर्चुगल० लाई सिफारिस गरेको थियो ।

नेपालको संविधानको धारा, २९२ अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।