हामीसँग जोडिनुहोस

रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको गाडी दुर्घटना हुँदा उपाध्यक्ष बुढाको मृत्यु

1 मिनेट

काठमाडौं, भदौ २८।
रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको गाडी दुर्घटना हुँदा उपाध्यक्षको मृत्यु भएको छ।

उक्त गाडी बागलुङमा दुर्घटनामा परेको थियो।

शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीस्थित मध्यपहाडी लोकमार्गमा रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटनामा परेको थियो।जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले दुर्घटनामा परेको गाडी पुथा उत्तरगंगा गाउँपालिकाको रहेको खुलेको छ।

उक्त गाडी सडकबाट तीन सय मिटर तल खस्दा त्यसमा सवार तीन जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाउँपालिकाकी उपाध्यक्ष ३३ वर्षीया भूपेन्द्रा बुढा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्र बाट उम्मेदवार भई निर्वाचित भएकी थिइन्।प्रहरीले घटनास्थलबाट मगरको लाइसेन्स र पालिकाको कार्ड फेला पारेको छ। अन्य मृतक एक जना महिला र अर्का एक जना पुरूषको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ।

शव नेपाली सेना र प्रहरीले निकाल्ने काम गरिरहेको छ। एक जना महिलाको शव भिरमा अड्किएको छ भने अर्का एक जनाको गाडीमा च्यापिएको अवस्थामा फेला परेको हो।

दुर्घटनामा घाइते भएका एक जनालाई धौलागिरि अस्पताल बागलुङमा पठाइएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।