२९ भदौ,काठमाडौँ ।
जनमत पार्टीले आइतबारदेखि विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बर्दिया जिल्लाबाट सुरु हुने प्रशिक्षण कार्यक्रम असोज १४ गतेसम्म सञ्चालन हुने जनमत पार्टीले जनाएको छ ।
यो प्रशिक्षण बर्दिया, बाँके, कपिलवस्तु, नवलपरासी, रुपन्देही, धनुषा, महोत्तरी, सर्लाही, रौतहट बारा, पर्सा, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापा गरी १६ वटा जिल्लामा दिइने बताइएको छ ।जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले यो राजनीतिक प्रशिक्षण भएको समेत बताए । उनले पार्टीका अध्यक्ष डा।सिके राउतलगायत अन्य शीर्ष नेताहरूले प्रशिक्षण दिने बताए ।
दसैँअघि नेता तथा कार्यकर्तालाई भेटघाट तथा राजनीतिक प्रशिक्षण दिनका लागि यो कार्यक्रम तय भएको बताउँदै उनले यस्तो कार्यक्रम देशैभर गर्ने बताए ।
सरकार सञ्चालन, देशको समसामयिक राजनीतिक अवस्था, ८४ को चुनाव लगायतका विषयमा पार्टीले प्रशिक्षण दिने उनले बताए । खानले जिल्लामा कार्यसमिति बनिरहेकोले चाँडै नै घोषणा गर्ने तयारी भइरहेको समेत बताए ।
।