हामीसँग जोडिनुहोस

सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित

1 मिनेट

काठमाडौं,३० भदौ।

राजदूत नियुक्तिको सिफारिस गर्न आजका बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि सरकारले सिफारिस गरेका राजदूतहरुको सुनुवाइ शुक्रबार सकेको छ। आज ती राजदूतहरुको नियुक्तिको सिफारिस अनुमोदन गर्न बोलाइएको बैठक स्थगित गरिएको संसदीय सुनुवाइ समितिका एक सदस्यले जानकारी दिए।

उनका अनुसार अचानक बैठक स्थगित भएको सूचना आएको छ। अर्को बैठक तोकिएको छैन। किन बैठक स्थगित गरिएको भन्ने आफूलाई जानकारी नभएको उनको भनाइ छ।

समितिकी सभापति ईश्वरीदेवि न्यौपानेले संसद बैठकमा जानु पर्ने भएकोले बैठक स्थगित गरिएको बताइन्। अब अर्को बैठक चाँडै बोलाइने उनको भनाइ छ।

गत साउन १४ गते सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो। तर, अष्ट्रेलियाका लागि सिफारिस भएकी राजदूत कान्ता रिजालको नाम फिर्ता लिएर सरकारले १७ देशका राजदूतको सुनुवाइका लागि संसदीय समितिमा पठाएको थियो।

समितिले विभिन्न मितिमा गरेर उनीहरुको सुनुवाइ सकेको छ। अब समितिले उनीहरुको नाम अनुमोदन गरेर नियुक्तिका लागि सिफारिस गर्नेछ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।