हामीसँग जोडिनुहोस

काभ्रेको बनेपामा विदेशी महिला लुटपाट गर्ने ३ जना पक्राउ

1 मिनेट

काभ्रे,९ असोज ।

काभ्रेको बनेपामा विदेशी महिला लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका–६ गोसाइस्थानस्थित १६ सय सिढीमा घुम्न गएका २ जना विदेशी युवती ल्ट्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

धुलिखेल अस्पतालमा इन्टर्नसिपका लागि आएका २ विदेशी युवतीलाई मंगलबार साँझ ३ जना युवाले लुटपाट गरेका थिए । मंगलबार साँझ बनेपा नगरपालिका–६ भ्यु टावरमा इभिनिङ वाकमा निस्केको अवस्थामा इटालियन नागरिक २८ वर्षीया मार्टिन र जर्मनी नागरिक २६ वर्षीया एलेक्स जेन्ड्रा लुटिएका थिए । उनीहरुलाई चक्कु देखाउँदै लुटपाट गरेको प्रहरीले जनाएको छ ।विदेशी युवतीलाई चक्कु देखाउँदै उनीहरुको साथमा रहेको आइफोन एकथान, स्मार्टवाच एकथान, डेबिड कार्ड एकथान, क्रेडिटकार्ड एकथान लुटेका थिए । लुटपाटपछि ती किशोर जंगलतिर भागेका थिए । लुटपाटमा संलग्न ३ जनालाई घटना भएको डेढ घण्टापछि प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नवलपरासी घर भइ हाल काभ्रेको बनेपा नगरपालिका–६ सान फर्निचरमा काम गर्ने २० वर्षीय हरि चौधरी, रामेछाप सुनापाती गाउँपालिका घर भइ हाल बनेपा–९ बस्ने वर्ष १७ को सन्देश जैरु र काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने वर्ष १६ को उज्वल दाहाल रहेका छन् ।

१ जना युवकले कानमा मुन्द्रा लगाएको र २ जनाले साइडमा कपाल झारेको हुलियाको आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई बनेपा नगरपालिका–७ उग्रचण्डी पेट्रोलपम्प पछाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले २ वटा चक्कु र अन्दाजी आधा पाउ जति गाँजासमेत बरामद गरेको प्रहरीको भनाई छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।