
काठमाडौं,१० असोज।

राष्ट्रिय क्यान्सर सर्तकता दिवस मनाइँदैछ। दिवसको अवसरमा देशैभर क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिँदैछ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको दिन पारेर दिवस मनाउन थालिएको हो । यहि अवसरमा क्यान्सर अस्पतालले आज रजत महोत्सव पनि आयोजना गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले चितवनस्थित अस्तालमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन्।
चीन सरकारको सहयोगमा २०५६ सालमा स्थापना भएको यो अस्पतालको औपचारिक उद्घाटन २०५७ असोज १० गते भएको थियो। देशभित्रका क्यान्सरका बिरामीको ठूलो हिस्साले यही चितवनको क्यान्सर अस्पतालबाट उपचार सेवा लिइरहेको छ। अहिले क्यान्सर अस्पतालले सुर्खेतको प्रादेशिक अस्पताल, पोराको स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको सेती प्रादेशिक अस्पतालबाट पनि सेवा विस्तार गरेको छ।
नेपालमा मुख्यतया फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन, पेट र पित्तथैलीको क्यान्सरका बिरामी धेरै भेटिन्छन्। पुरुष फोक्सो र पेटको र महिला पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट प्रभावित छन्।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






