हामीसँग जोडिनुहोस

राष्ट्रिय क्यान्सर सर्तकता दिवस मनाइँदै

1 मिनेट

काठमाडौं,१० असोज।

राष्ट्रिय क्यान्सर सर्तकता दिवस मनाइँदैछ। दिवसको अवसरमा देशैभर क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिँदैछ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको दिन पारेर दिवस मनाउन थालिएको हो । यहि अवसरमा क्यान्सर अस्पतालले आज रजत महोत्सव पनि आयोजना गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले चितवनस्थित अस्तालमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन्।

चीन सरकारको सहयोगमा २०५६ सालमा स्थापना भएको यो अस्पतालको औपचारिक उद्घाटन २०५७ असोज १० गते भएको थियो। देशभित्रका क्यान्सरका बिरामीको ठूलो हिस्साले यही चितवनको क्यान्सर अस्पतालबाट उपचार सेवा लिइरहेको छ। अहिले क्यान्सर अस्पतालले सुर्खेतको प्रादेशिक अस्पताल, पोराको स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको सेती प्रादेशिक अस्पतालबाट पनि सेवा विस्तार गरेको छ।

नेपालमा मुख्यतया फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन, पेट र पित्तथैलीको क्यान्सरका बिरामी धेरै भेटिन्छन्। पुरुष फोक्सो र पेटको र महिला पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट प्रभावित छन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।