हामीसँग जोडिनुहोस

अनेरास्ववियु क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन आज सुरु हुँदै

0 मिनेट

काठमाडौं,१० असोज।

माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन आज सुरु हुँदै छ।

त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा हुने सम्मेलनको दिउँसो १ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ।

भोलि विहान ८ बजेदेखि बन्दसत्र सुरु हुनेछ। उक्त दिन विधान तथा प्रतिवेदन पेस हुनेछ। त्यसपछि समूह विभाजन गरी छलफलका लागि बन्दसत्र खुला गरिनेछ।

असोज १२ गते विधान प्रतिवेदनबारे समूहगत छलफल, निष्कर्ष तथा रिपोर्टिङ गरिनेछ। सोही दिन प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ।

असोज १३ गते बिहान ८ बजे निर्वाचन कार्यक्रम सुरु हुनेछ र असोज १४ गते बिहान ८ बजेदेखि मतदान हुने आयोजकले जनाएको छ।

ट्रेण्डिङ