हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

1 मिनेट

काठमाडौँ,१० असोज।

निर्वाचन आयोगले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

आयोगले स्वीकृत गरेको तालिकाअनुसार मंसिर २ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ।

सोही दिन बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए।

त्यसको भोलिपल्ट मंसिर ३ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ। त्यसपछि मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय गरिनेछ।

यसैगरी मंसिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ३ बजेदेखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता सापकोटाले बताए।

निर्वाचन कार्यक्रमअनुसार मंसिर १६ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

मतदान शुरु हुनुभन्दा ४८ घण्टाअगाडि अर्थात मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ।

 

ट्रेण्डिङ