काठमाडौं,१२ असोज ।
ललितपुरको किष्ट अस्पतालमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ।
खोलाको बाढी र अस्पतालको पर्खाल भत्किएसँगै शुक्रबार भुइँतल्लामा पानी पसेको हो। यससँगै बिरामीलाई माथिल्लो तल्लामा सारेको अस्पतालले जनाएको छ।
लगातारको वर्षासँगै स्थानीय खोला एवं नदी किनारका घरहरूमा समेत पानी पसेको प्रहरीले जनाएको छ। प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ।
त्यसैगरी, भक्तपुर कटुन्जेको घट्टेखोलामा बहाव बढ्न गई स्थानीयको घरमा पानी पसेको छ। उपत्यकाका सबैजसो खोला एवं नदी किनारमा रहेका बस्तीमा पानी पसेको र स्थानीयलाई सुरक्षित रहन प्रहरीले माइकिङ गरिएको प्रहरीले जनाएको छ।