काठमाडौँ,१२ असोज ।
मनसुनी विपद्मा परेर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा ३४ जना घाइने रहेका छन्।
काठमाडौँ उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ। १२ जना बेपत्ता छन्।
अहिलेसम्म मुलुकभर गरेर ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।
अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबानलगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ।
विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाहरुको खोज तथा उद्दार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रुपमा परिचालन भएको गृह मन्त्रालयले जनाएको छ।पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्दार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएको गृहले जनाएको हो।