हामीसँग जोडिनुहोस

अविरल वर्षाका कारण नदीको सतह बढ्दो, सतर्कता अपनाउन महानगरको आग्रह

1 मिनेट

काठमाडौँ,१२ असोज।

काठमाडौँ महानगरपालिकाले नियमित अविरल वर्षाका बीच आवश्यक सतर्कता अपनाउन र विपद् सामनाका लागि पूर्वतयारी गर्न आग्रह गरेको छ ।
उपत्यकामा बिहीबार रातिदेखि नियमित झरी र समय समयमा भारी वर्षा भइरहेकोले सम्भावित विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

महानगरले सूचना जारी गर्दै  ‘नियमित झरी र समय समयमा भारी वर्षा भई रहेकोले काठमाडौँका नदीहरूमा पानीको प्रवाह उच्च भएको छ । यसबाट बस्ती डुबान, जमिन कटान, जन धनको क्षतिको जोखिम बढेको छ ।’ नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजानसमेत सचेत गराएको छ । ‘नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजाऔँ । पानी जम्मा भएको सडकमा प्रवेश नगरौँ,’ सूचनामा भनिएको छ, ‘सवारी प्रवेश नगराऔँ, कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा सवारी पार्किङ नगरौँ, अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगरौँ ।’

महानगरपालिकाले जलजन्य विपद् ९डुबान, कटान, बाढी, पहिरो० को जोखिम भए तत्काल सम्पर्क गर्न पनि भनेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।