१३ असोज, काठमाडौं ।
नेकपा एमालेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ ।
आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले तत्काल उद्धार कार्यमा पार्टी कमिटीहरु परिचालन गर्ने निर्णय गरेको हो ।
उद्धार, राहत वितरण र पुनर्स्थापनामा केन्द्रित हुन सरकारलाई सुझाव दिने निर्णय पनि भएको छ । आइतबार सरकारले बोलाएको सर्वदलीय बैठकमा महासचिव शंकर पोखरेलले पार्टीका तर्फबाट सुझावहरु राख्नेछन् ।