हामीसँग जोडिनुहोस

पहिरोले सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौँ ल्याइँदै गरेका २ विरामीको मृत्यु

1 मिनेट

काठमाडौँ,१३ असोज।

पहिरोले सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौँतर्फ ल्याइँदै गरेका २ जना विरामीको एम्बुलेन्समै ज्यान गएको छ।

सिन्धुली अस्पतालबाट बा २१ च ७५२३ र महोत्तरीको बर्दिवासबाट ज १ च १७०८ नम्बरको एम्बुलेन्स विरामी बोकेर काठमाडौँ आउँदै गर्दा वीपी राजमार्गमै अड्किएपछि २ जना विरामीको मृत्यु भएको सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार सुनकोसी गाउँपालिका(१ दुम्जामा बाढी र पहिरोका कारण ४ दिनदेखि वीपी राजमार्ग अवरुद्ध हुँदा कमलामाई नगरपालिका(४ मल्लागाउँकी ९८ वर्षकी वृद्धा टीकाकुमारी भुजेल र महोत्तरी बर्दिवास नगरपालिका(८ का ४५ वर्षका मानबहादुर सिंजालीको मृत्यु भएको हो।

भुजेलमा दमसम्बन्धी रोग थियो भने सिंजालीमा किड्नीको समस्या रहेको थियो।

प्रहरीका अनुसार एम्बुलेन्सहरु बीच बाटोमै फसेपछि विरामीको मृत्यु भएको छ भने उनीहरुको शवसमेत फर्काउन सकिने अवस्था छैन।

अहिले सिन्धुलीतर्फ राजमार्ग एकतर्फीमात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।