हामीसँग जोडिनुहोस

प्रतिकूल मौसमका कारण उडान छुटेका यात्रुलाई शुल्कमा छुट दिन प्राधिकरणको आग्रह

0 मिनेट

१३ असोज, काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिकूल मौसमका कारण आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई विविध शुल्कमा छुट दिन विदेशी वायु सेवा कम्पनीहरूलाई आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्मका उडानमा मिति परिवर्तन गर्दा, नो शो र भाडा यथावत राख्न अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूलाई अनुरोध गरिएको हो ।

यसरी दिइने छुट टिकटबाट ११ अक्टोबरसम्म लागु हुने गरी व्यवस्था मिलाउन प्राधिकरणले अनुरोध गरेको हो ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुले टिकटको मिति सार्दा शुल्क नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।