
काठमाडौँ,१५ असोज ।

मनसुन जन्य विपद्का कारण प्रभावितहरूलाई प्रभावकारी रूपमा राहत उपलब्ध गराउन गृह मन्त्रालयले कार्यदल बनाएको छ ।
८ जना सहसचिवहरू सम्मिलित कार्यदल गठन गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।राहत वितरण सहजिकरण गर्न काठमाडौँमा सहसचिव गोविन्द रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबावु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्यामकृष्ण थापा र धादिङमा रमेश ढकालाई संयोजक तोकिएको छ । सबै सहसचिव गृह मन्त्रालय मातहत कार्यरत छन् ।
कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजनल इन्जिनियर र सङ्घीय मामिला तथा स्थानीय विकाश मन्त्रालयका उपसचिव प्रतिनिधि तोकिएका छन् ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






