काठमाडौं,१५ असोज।
संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक मंगलबार बस्दैछ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ। समितिको सभाकक्ष, सिंहदरबारमा बस्ने बैठकमा देशभर बाढी पहिरोले पुर्याएको जनधनको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने समिति सचिवालयले जनाएको छ।
यस्तै राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठक पनि बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा नेपालमा उत्पादित सुपारी निर्यातसम्बन्धी विषयमा छलफल हुनेछ।
यसैगरी दिउँसो १ बजे बस्ने राष्ट्रियसभा अन्तर्गतकै विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ को प्रतिवेदन मस्यौदामा छलफल हुने भएको छ।