काठमाडौं,१५ असोज।
सत्तारुढ नेकपा एमालेले प्राकृतिक विपद् राहत कोषमा ५० लाख रूपैयाँ दिने निर्णय गरेको छ।
मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा रु एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयं सेवाका काममा लाग्न आव्हान गरेका छन्।