हामीसँग जोडिनुहोस

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश

1 मिनेट

काठमाडौं, १५ असोज।

साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो ।प्रसाईंलाई साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०र५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले प्रसाईंलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

प्रसाईं असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका थिए ।सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टिका सङ्ग्रौला ९ज्वाला०को जाहेरीमा पक्राउ परेका प्रसाईंविरुद्ध अर्का एक पुरुषले पनि जाहेरी दिएका थिए ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।