हामीसँग जोडिनुहोस

आईसीसी महिला टी २० विश्वकप आजदेखि सुरु हुँदै

1 मिनेट

काठमाडौं,१७ असोज।

आईसीसी महिला टी २० विश्वकप आजदेखि सुरु हुँदैछ।

कात्तिक ४ गतेसम्म यूएईमा हुने महिला टी(२० विश्वकपमा २०२४ मा १० टिमको सहभागिता रहेको छ।​ बंगलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक उथलपुथलले प्रतियोगिता यूएईमा सारिएको हो।​

बंगलादेशमा ठुलो राजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय क्रिकेट परिसद् आईसीसीले बंगलादेशमा आयोजना हुने तालिका रहेको महिला टी(२० विश्वकप अन्यत्र सारेको हो।

प्रतियोगिताको समूह ए मा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया, भारत, पाकिस्तान, न्यूजिल्याण्ड र श्रीलंका छन्। समूह बी मा बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्याण्ड रहेका छन्।

प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको उद्दघाटन खेलमा आज बंगलादेशले शारजाहमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ। खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ।

टी(२० विश्वकपमा एक दिनमा अधिकतम दुई खेल खेलिनेछ। आजै पाकिस्तान र श्रीलंका भिड्नेछन्। यी दुईबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ। प्रतियोगितामा सेमिफाइनल र फाइनलसहित २३ हुने छन्।​

नवौं संस्करणको आईसीसी महिला टी(२० विश्वकप मा बंगलादेश आयोजकको रुपमा छनोट भएको हो भने अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र वेस्ट इन्डिज आईसीसी टी(२० विश्व कप २०२३ का शीर्ष ६ टोलीको रुपमा प्रतियोगिताका लागी सिधै छनोट भएका हुन् । पाकिस्तान २७ फेब्रुअरी २०२३ मा शीर्ष वरियताको टोली तथा स्कटल्यान्ड र श्रीलंका आईसीसी टी(२० विश्वकप छनोट पार गरेर विश्व कपका लागी योग्य भएका हुन्।

यस पटककको महिला टी(२० विश्वकप दूबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र शारजाह क्रिकेट स्टेडियममा आयोजना हुने छन्। प्रतियोगिताको पुरस्कारमा मात्र ७९ लाख ५८ हजार अमेरिकी डलर भन्दा बढी रकम खर्च हुने छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।