हामीसँग जोडिनुहोस

बडादसैँको अवसरमा पशुपतिमा नवरात्रि महोत्सव सुरु

1 मिनेट

काठमाडौँ,१८ असोज।

बडादसैँको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा ‘सत्रौँ नवरात्री महा–महोत्सव’ आजदेखि सुरु भएको छ।

श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दु संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज २५ सम्म सञ्चालन हुनेछ। महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ।

उक्त महोत्सवको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति महोत्सव उपयोगी हुने बताए। उनले धार्मिक सहिष्णुताले राष्ट्रिय एकताको भावना अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।

परिषद्का अध्यक्ष रामसोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानको माध्यमबाट धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। महोत्सवमार्फत धर्मशाला निर्माण गर्ने, एम्बुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए।

यसअघि वनकालीलेखि बाग्मतीसम्म कलश यात्रा गरिएको थियो। उद्घाटनको अवसरमा महाआरती विशेष गरिएको थियो। प्रत्येक दिन दुर्गा माताको प्रवचन, तथा भजनकीर्तन गरिनेछ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।