हामीसँग जोडिनुहोस

बाढी पहिरोले विद्यालय क्षेत्रमा पुर्‍याएको क्षतिबारे शिक्षामन्त्रीले सातै प्रदेशका मन्त्रीहरूसँग छलफल गर्ने

1 मिनेट

१८ असोज,काठमाडौँ ।

बाढी पहिरो तथा डुबानले विद्यालय क्षेत्रमा पुर्‍याएको क्षतिबारे शिक्षामन्त्रीले सातै प्रदेशका मन्त्रीहरूसँग छलफल गर्ने भएकी छन् । असोज ११ गतेदेखि परेको भारी वर्षाका कारण विद्यालय क्षेत्रमा पुर्‍याएको क्षतिबारे शिक्षामन्त्री विद्या भट्टराईले प्रदेश मन्त्रीहरूसँग छलफल गर्न लागेकी हुन् ।

सातै प्रदेशका शिक्षा हेर्ने सामाजिक विकासमन्त्रीहरूसँग असोज २२ गते छलफल गर्न लागिएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए ।

आजको लागि तय भएको छलफल असोज २२ गतेका लागि सारिएको हो । मन्त्री भट्टराई आज विधेयक समितिको बैठकमा जानुपर्ने भएकाले २२ गतेका लागि बोलाइएको प्रवक्ता भट्टराईले बताए ।

बाढी पहिरो तथा डुबानका कारण देशभरका करिब १५० विद्यालयमा क्षति पुगेको मन्त्रालयको पूर्वानुमान छ । मन्त्रालयले क्षतिको विवरण संकलन गरिरहेको छ ।

मन्त्री भट्टराईले प्रदेश मन्त्रीहरूसँग अन्य सरोकारवाला निकायसँग समेत छलफल गर्न लागेकी हुन् । शिक्षा क्षेत्र सरोकार राख्ने निकायहरूसँग क्षतिबारे जानकारी दिनुका साथै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल थालेकी हुन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।