
२० कात्तिक,काठमाडौँ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा भाग नलिने भएको छ ।
तर पार्टीले उम्मेदवार नउठाए पनि देशभक्त, वामपन्थी, जनप्रगतिशील उम्मेदवारलाई समर्थन गर्ने पार्टीको नीति रहेको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले जानकारी दिए ।बुढाथोकीका अनुसार उपनिर्वाचनमा भाग लिने सम्बन्धमा पार्टीले कुनै निर्णय गरेको छैन ।
वैशाखमा बसेको केन्द्रीय समिति बैठकले ०८४ मा हुने आम निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । यता विप्लवको सचिवालयले पनि उपनिर्वाचनमा भाग लिने पार्टीको नीति नरहेको बताएको छ ।आवश्यकता अनुसार समाजवादी मोर्चामा सहभागी दलका उम्मेदवारलाई समर्थन गर्न सकिने स्पष्ट पारेको छ ।