
२२ कात्तिक,काठमाडौँ ।

नेपाली बजारमा एकैदिन सुनको मूल्य तोलामा ४ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४ हजार रुपैयाँ घटेर तोलामा १ लाख ६४ हजार ५०० रुपैयाँ कायम भएको हो ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा २ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





