हामीसँग जोडिनुहोस

यू-१९ महिला टी-२० विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी

1 मिनेट

काठमाडौं : २२ कार्तिक । 

आइसीसी यू–१९ महिला विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतविरुद्ध सानदार जित निकालेको छ।

संयुक्त अरब इमिरेट्स युएईको सेभेन क्रिकेट रंगशालामा बिहीबार भएको खेलमा नेपाल १ सय ८ रनले विजयी भएको हो। नेपालले दिएको १ सय ९ रनको विजय लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमा समेटियो ।

उसका जिफा जिलानीले १२ रन जोडिन् भने ६ जना खेलाडी शून्यमा आउट भएका थिए।

नेपालकी सिमना केसी र रचनाकुमारी चौधरीले २/२ पूजा महतो,कृष्ण गुरुङ, मनिषा कुमारी उपाध्यायले एक-एक विकेट खसाले। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि पूजा महतोले सर्वाधिक ३४ रनको योगदान गरिन्। साना प्रविनले २५ र ज्योत्सनिका मरासिनीले २३ रन जोडिन्।

यसअघि हिजो बुधबार भएको उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । नोभेम्बर १४ सम्म चल्ने छनोटमा आयोजक युएईसँगै नेपाल, कुवेत र थाइल्याण्डले डबल राउण्ड रोबिनमा प्रतिस्पर्धा गर्दैछन् ।

यस प्रतियोगिताको शीर्ष टोलीले विश्वकपमा स्थान बनाउनेछ । नेपालले तेस्रो खेलमा पर्सि शनिबार युएईसँग प्रतिस्पर्धा गर्नेछ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।