एजेन्सी,
दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन्।
स्थानीय समयअनुसार बिहान ४स्३३ बजे २७ जना चालक दलका सदस्यसहितको १२९ टन वजनको जहाज जेजुको बियाङ टापुबाट २४ किलोमिटर टाढा डुबेको हो। १६ दक्षिण कोरियाली र ११ विदेशीसहित चालक दलका सदस्यमध्ये १५ जनालाई उद्धार गरिएको थियो जसमध्ये दुई जनालाई हृदयाघातको अवस्थामा भेटिएको र पछि मृत घोषणा गरिएको थियो।
उद्धारकर्ताहरूले १० दक्षिण कोरियाली र दुई विदेशीसहित बेपत्ता १२ नाविकहरूको खोजी गरिरहेका छन्।