हामीसँग जोडिनुहोस

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक मङ्सिर दोस्रो साता बस्ने

1 मिनेट

२३ कात्तिक,काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठक मङ्सिरको दोस्रो हप्ता बस्ने भएको छ । मंंसिर १० गतेदेखि केन्द्रीय कार्यालय कपिलवस्तुस्थित शिवगढीमा पार्टीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठक लगातार बस्न लागिएको हो ।बैठकमा विगतमा भएका निर्णयको समीक्षा, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायत भावी रणनीति र कार्यदिशाबारे छलफल हुने विप्लवका सचिवालय सदस्य विमर्श आचार्यले जानकारी दिए ।

यसअघि गएको वैशाखमा बसेको बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र ०८४ को आम निर्वाचन उपयोग गर्ने निर्णय गरेको थियो । यस्तै मङ्सिर ९ गते नेकपाले पार्टी स्थापना दिवस भव्यरुपले मनाउने भएको छ । वैद्य नेतृत्वको नेकपा–माओवादीबाट ०७३ मा अलग भएपछि विप्लवले आफ्नै नेतृत्वमा पार्टी गठन गरेका थिए ।माओवादीले पार्टी एकतासम्बन्धी निर्णय मङ्सिर १६ गतेपछि बस्ने केन्द्रीय समिति बैठकले गर्दैछ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।