हामीसँग जोडिनुहोस

गणेशमान सिंहको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

1 मिनेट

काठमाडौं, २४ कार्तिक।

२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११०औँ जन्मजयन्ती शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

गणेशमान सिंह प्रतिष्ठानले रत्नपार्कस्थित शान्तिवाटिकामा कार्यक्रम गर्नेछ। फाउण्डेसनले जिल्ला-जिल्लामा पनि कार्यक्रम गर्न लागेको छ। भक्तपुरको कटुञ्जेस्थित गणेशमान सिंह वाटिकामा मानवअधिवारवादी नेता प्रा. कपिल श्रेष्ठलाई विशेष सम्मान गर्न लागिएको छ। शोभाभगवतीस्थित गणेशमान सिंहको प्रतिमामा माल्यार्पपणसहित विशेष कार्यक्रम गर्न लागिएको छ।

सिंहलाई नेपाली राजनीतिमा त्याग र निष्ठाको उच्च उदाहरणका रूपमा लिइन्छ। जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उदाहरण प्रस्तुत गरेका थिए।

सिंह २०४६ सालमा आफूलाई सर्वमान्य नेताका रूपमा स्थापित गर्न सफल भए। गणेशमानको छवि त्यसबेला सर्वमान्यका लागि पुँजी बनेको थियो। गणेशमानले विश्वासघात गर्दैनन् भन्नेमा कांग्रेसका मात्र नभई कम्युनिष्ट पार्टीमा विश्वास थियो। त्यो बेला एउटा कम्युनिष्ट दलले अर्को कम्युनिष्ट दललाई पनि विश्वास गर्दै सुरु गर्ने जिम्मेवारी दिइएको छ।

काठमाडौंको खानदानी परिवारमा १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका जन्मिएका सिंह १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय भएका थिए।

राणाशासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो। २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए।

जेलबाट भागेर भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे। केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ। प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए। देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बीपीका ठूला समर्थकका रूपमा रहे।

नेता सिंहको २०५४ असोज २ गते निधन भएको थियो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।