हामीसँग जोडिनुहोस

आईसीसी यू–१९ महिला टी–ट्वेन्टी क्रिकेटमा नेपाल यूएईसँग १३ रनले पराजित

1 मिनेट

काठमाडौं,२४ कार्तिक।

आईसीसी यू–१९ महिला टी–ट्वेन्टी विश्वकप छनोट क्रिकेटमा नेपाल यूएईसँग १३ रनले पराजित भएको छ।यूएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेट गुमाएर रन १०९ रन मात्र बनाउन सक्यो।

नेपालकी कप्तान पूजा महतो अर्धशतक प्रहार गर्न २ रनले चुकिन्। ४३ बल खेलेकी उनले ५ चौकाको सहयोगमा ४८ रनको योगदान गरिन्।

सोनी पाख्रिन र साना प्रविनले समान १९(१९, सावित्री धामीले ६ र अलिसाकुमारी यादवले ३ रन बनाउँदा ज्योत्सनिका मरासिनी ११ रनमा अविजित रहिन्।

यसअघि युएईको सेभेन डिस्ट्रिक ग्राउण्ड अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो।

यूएईका लागि रिनिथा रजिथले सर्वाधिक ४८ रनको योगदान गरिन्। लाभानी केनीले २० र इन्दुजा नन्दकुमारले १२ रन बनाउनु बाहेक अरूले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालकी रिया शर्माले ३, पूजा महतो, करिश्मा गुरुङ र सीमा केसीले समान एक(एक विकेट लिए।

अघिल्ला दुई खेलमा प्रभावशाली जित निकालेको नेपाली टीम आज भने पराजित हुन पुग्यो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतविरुद्ध १ सय ८ रनको सानदार जित दर्ता गरेको थियो।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ।

यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।