हामीसँग जोडिनुहोस

महागुरु फाल्गुनन्दले देखाएको मार्ग अनुशरण गरौँ: राष्ट्रपति पौडेल

1 मिनेट

काठमाडौं,२५ कार्तिक।

राष्ट्रपति रामचन्द्र पौडेलले किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दले देखाएको बाटोमा हिँड्न सके राष्ट्रिय एकता सुदृढ एवं सबल हुने विश्वास व्यक्त गरेका छन्।

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १४० औँ जयन्तीका अवसरमा राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्दै सबैमा सहिष्णुता, सद्‍भाव एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

‘सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्द धार्मिक गुरु मात्र नभई, सामाजिक अभियन्ताका रूपमा उहाँले समाज सुधारक भई कार्यसमेत गर्नुभएको थियो’, उनको शुभकामना सन्देशमा उल्लेख छ, ‘सामाजिक रुढीवादी अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिनुभएको मार्गनिर्देश अनुसरणयोग्य रहेको छ ।’

उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि फाल्गुनन्द जयन्तीको शुभकामना दिँदै यस जयन्तीले राष्ट्रिय एकता, पहिचान र सामाजिक चेतना बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।