सुर्खेत :२५ कार्तिक।
कालिकोटको पलाँता गाउँपालिकामा आइतबार दिउँसो बोरेलो जीप दुर्घटना भएको छ। दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको ।
मृतकको नाम र पहिचान खुलेको छैन। घटनास्थलतर्फ प्रहरी, सेनाको टोली गएको छ। आइतबार पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।