२६ कात्तिक, बागलुङ ।
बागलुङमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै हर्देवा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलिसकेको छैन ।
भ्यानमा चालकसहित ६ जना सवार थिए । तीमध्ये एकजनाको जीवितै उद्धार गरिएको छ ।