हामीसँग जोडिनुहोस

निर्वाचन आयोगले उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र अधिकृतहरू तोक्यो

1 मिनेट

२६ कात्तिक, बागलुङ ।

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ।

आयोगले कीर्तिपुर नगरपालिकाको उपचुनावका लागि सर्वोच्च अदालतका उपरजिष्ट्रार ईन्दिरा कार्कीलाई निर्वाचन अधिकृत तोेकेको छ। कीर्तिपुर नगरपालिकाका मेयर, वडा नम्बर १ र ४ को वडाध्यक्ष पदमा उपचुनाव हुँदैछ।

काठमाडौं महानगरपालिका–१६ को मुख्य निर्वाचन अधिकृतमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेल तोकिएका छन्।

निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम देहायका ३२ जना माननीय जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको पदमा आयोगबाट सोमबारबाट लागु हुने गरी नियुक्ति गरिएको आयोगले जनाएको छ।कात्तिक ३० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यसम्पादन हुने आयोगले जनाएको छ।

मंसिर १६ गते स्थानीय तहका ४४ रिक्त पदमा उपचुनाव हुँदैछ। मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।